आइएमई लाइफद्वारा नयाँ मस्कट सार्वजनिक

2022-01-31
आइएमई लाइफद्वारा नयाँ मस्कट सार्वजनिक

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फेसबुक पेजमा १० हजार लाइक पुगेको अवसरमा मस्कट सार्वजनिक गरेको छ । 

कम्पनीका प्रमुखकार्यकारी अधिकृत कवि फुयाँलले फेसबुक पेजमा १० हजार लाइक पुगेको अवसरमा आइएमई लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गर्ने मास्कट सार्वजनिक गरेका हुन् । उक्त मस्कट रोबोट तथा मानवको हाइब्रिड स्वरुपमा सार्वजनिक गरिएको हो । अबको युग डिजिटल प्रविधि उन्मुख रहेकाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधिमार्फत गर्ने कम्पनीको लक्ष्य अनुरुपको सन्देश प्रवाह गर्न मस्कट सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । 

उक्त रोबोटलाई डिजिमी नाम दिइएको छ । 


Share this with your friends: