आइएमई लाइफमा रोजगारको आवसर

2022-02-18
आइएमई लाइफमा रोजगारको आवसर

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका सातवटै प्रदेशका का लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

कम्पनीले बागमति र गण्डकी प्रदशेका लागि स्टेट बिजनेश हेड(२ जना),नेपालगंज र धनगढीका लागि एरिया ब्रान्च म्यानेजर(२)जना, वित्त विभागका लागि दक्ष तथा अर्धदक्ष सीए(२)जना,माइक्रो इन्स्योरेन्स सेल्सका लागि टीम लिडर(१ जना)आईटी एक्जिक्युटिभ १ जना र सातवटै प्रदेशका विभिन्न शाखा कार्यालयहरुका लागि ब्रान्च म्यानेजर माग गरेको छ । 

कम्पनीले प्रदेश १ को काकडभित्ता,फिदिम,तेह्रथुम,बसन्तपुर तेह्रथुम,खोटाङ,मधेश प्रदेशको कलैया,गोलबजार,राजविराज,कन्चनपुर,सिरहा,बाग्मति प्रदेशको न्यूरोड,इमाडोल,चापागाँउ,किर्तिपुर,सुन्दरीजल,चौतारा,बनेपा पदमपोखरी(हेटौडा),पर्सा(चितवन)भकुन्डेवेशी,धार्के,गण्डकी प्रदेशको चन्द्रौटा,तौलिहवा,देवदह,भालुवाङ,पाल्पा,कर्णली प्रदेशको खजुरा,जाजरकोट,कोहलपुर र सुदुरपश्चिम प्रदेशको बझाङ बैतडी र महेन्द्रनगरका लागि ब्रान्च म्यानेजर माग गरेको हो । 

कम्पनीले निर्धारण गरेको मापदण्ड पुरा गरेका इच्छुक आवेदकहरुले मार्च ४(फागुन २० गते)सम्म आवेदन दिनुपेर्नेछ । आवेदकहरुले आफ्नो सिभि,रोजगार आवेदन पत्र,हालसालै खिचिएको फोटो र शैक्षिक प्रमाणपत्रका साथ कम्पनीको ई–मेल ठेगाना career@imelifeinsurance.comमा आवेदन पेस गर्नुपर्नेछ ।     


Share this with your friends: