आइएमई लाइफद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासन मुख्य अजेन्डा

2022-04-06
आइएमई लाइफद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको चैत २१ गते बसेको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा आह्वान गरेको हो ।  

बैठकले आगामी वैशाख १४ गते बुधबारका दिन काठमाण्डौ लाजिम्पाटमा रहेको र्याडिसन होटलमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै आइएमई जनरल र अन्य कुनै जीवन बीमा कम्पनी एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति सम्बन्धी सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिने प्रस्ताव पारित गरिनेछ । संसोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायाबाट कुनै फेरबदल गर्ने निर्देशन भएमा सोहि बमोजिम फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु तथा एनएफआरएस प्रणाली लागू गरी तयार गरीएको वित्तिीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।


Share this with your friends: