आइएमई लाइफको मुनाफामा सामान्य वृद्धि, बीमाशुल्क आर्जनमा भने ११३.१३%को उछाल

2021-05-03
आइएमई लाइफको मुनाफामा सामान्य वृद्धि, बीमाशुल्क आर्जनमा भने ११३.१३%को उछाल

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमाससम्ममा १ अर्ब ८५ करोड ११ लाख ७३ हजार ९०२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ११३.१३ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले ८६ करोड करोड ८५ लाख ६० हजार ६८८ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १५ करोड १४ लाख ९५ हजार ९६१ रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा यो रकम ८ करोड ८३ लाख ६१ हजार ४३० रुपैयाँमा सीमित थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीले ३४ करोड ११ लाख ३ हजार १३७ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ३ करोड ३३ लाख १८ हजार ६६८ रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीले खुद नाफा बढाएको छ। तेस्रो त्रैमासको अन्त्यसम्म कम्पनी १० करोड १ लाख ३३ हजार ०२२ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा २.०३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ९ करोड ८१ लाख ३७ हजार ९०३ रुपैयाँ मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ।

कम्पनीको व्यवस्थापन खर्च ३० करोड ५० लाख ८ हजार ६५६ रुपैयाँ छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च २३ करोड ४४ लाख ७९ हजार ९७१ रुपैयाँ थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार बढेर २ अर्ब ४९ करोड ८३ लाख ६३ हजार ७५९ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ११०.८७ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष कम्पनीको जीवन बिमा कोषको आकार १ अर्ब १८ करोड ४८ लाख ६ हजार ५१८ रुपैयाँमा सीमित थियो। अघिल्लो वर्ष २८ करोड २२ लाख ४१ हजार ६७१ रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ४५ करोड ५ लाख ९ हजार १७४ रुपैयाँको उचाइमा पुगेको छ। त्यस्तै समीक्षा अवधिसम्म कम्पनीले १ लाख ४९ हजार ०२२ बिमालेख संख्या जारी गरेको छ।

अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ लाख ७ हजार ७८५ बिमालेख जारी गरेको थियो। कम्पनीको प्रति सेयर आम्दानी(इपिएस) ९.५४ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३५.७५ रुपैयाँ र प्रति सेयर सम्पत्तिको मूल्य ३१४.२१ रुपैयाँ रहेको छ ।


Share this with your friends: