आइएमई लाइफको वार्षिक साधारण सभा भोलि, आईपीओ निष्कासन मुख्य अजेन्डा

2021-06-13
आइएमई लाइफको वार्षिक साधारण सभा भोलि, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा भोलि(जेठ ३१) गते आयोजना हुँदैछ । कम्पनीको सञ्चालक समितिको गत वैशाख ७ गते बसेको बैठकको निर्णयबमोजिम कम्पनीको तेस्रो वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो । 

सभा काठमाण्डौ लैनचौरमा रहेको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यम जुम एपका माध्यद्वारा सभा आयोजना हुनेछ । उक्त सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै संसोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायाबाट कुनै फेरबदल गर्ने निर्देशन भएमा सोहि बमोजिम फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । 

सभामा संस्थापक सेयरधनी एकस मनी ट्रान्सफरका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दिपक पोखरेलको स्थानमा बाँकी कार्यकालका लागि संस्थापक सेयरधनी आइएमई जनरलका तर्फबाट सीईओ युुगेश भक्त श्रेष्ठलाई सञ्चालक समितिमा गरिएको नियुक्ती अनुमोदन गरिनेछ । यसैगरी कम्पनीको प्रबन्धपत्रको उदेश्यमा कम्पनीले सामूहिक लगानी कोष(म्युचुुअल फन्ड) स्थापना गर्ने उदेश्य थप गर्ने विशेष प्रस्ताप पारित गरिनेछ ।   

सभामा आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षणको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु तथा एनएफआरएस प्रणाली लागू गरी तयार गरीएको वित्तिीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।


Share this with your friends: