आइपीओपछिका ३ वर्षसम्म रिलायन्स लाइफले बोनसमा कम ध्यान दिने
कुल बिमाशुल्क २६७ र नाफा ६६३ %ले बढ्ने प्रक्षेपण

2020-08-17
आइपीओपछिका ३ वर्षसम्म रिलायन्स लाइफले बोनसमा कम ध्यान दिने

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी ४ गते आइपीओ जारी गरी धितोपत्र बजारमा आफ्नो यात्राको थालनी गर्दैछ । कम्पनीले जारी गर्ने आइपीओलाई लिएर सेयरबजारमा हिजोआज निकै चासो बढेको छ । लगानीकर्ताहरु यो कम्पनीको आइपीओलाई लिएर उत्साहित र जिज्ञासु भएका पाइएको छ । लगानीकर्ताको चासोलाई सम्बोधन गर्दै कम्पनीले आइपिओ आह्वानपत्रमा ३ वर्षसम्मका लागि प्रक्षेपित वासलात, नाफानोक्सान हिसाब तथा नेटवर्थजस्ता विवरणहरु सार्वजनिक गरेको छ । यी विवरणबाट समेत कम्पनीले भोलिका दिनमा लगानीकर्तालाई कुन दरमा रिटर्न दिनसक्छ भन्ने आँकलन गर्न सहयोग पुग्छ ।

प्रकाशित विवरण अनुसार २०७७ को आषाढ मसान्तसम्म कम्पनीको सेयरपूँजी १ अर्ब ४७ लाख रुपैयाँ रहेको छ । कम्पनीले आ.व २०७७/७८,०७८/०७९ र ०७९/०८० मा कम्पनीको सेयर पूजिँ समान अर्थात २ अर्ब १० करोड रुपैयाँ रहने अनुमान गरेको छ । यसको अर्थ हो आगामी तीन वर्षमा यो कम्पनीले बोनस सेयर वितरणमा खासै ध्यान दिने देखिन्न ।

त्यस्तै २०७७ आषाढ मसान्तसम्म ८९ लाख २८ हजार रहेको महाविपत्ति कोषको आकार आ.व ०७७/०७८ मा ३ करोड ४ लाख रुपैयाँको उचाइमा पुग्ने प्रक्षेपण गरेको छ । जसअनुसार महाविपत्ति कोषको आकार आ .व ०७८/०७९ र ०७९/०८० मा क्रमश ४ करोड ९२ लाख र ८ करोड ११ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीको आषाढ मसान्तसम्म कुल सेयरधनीको कोषको आकार १ अर्ब ५५ करोड रुपैयाँको रहेको छ । कम्पनीले अगामी तीन आथिर्क वर्षमध्ये पहिलो आर्थिक वर्षमा कुल सेयरधनी कोषको आकार २ अर्ब ३९ करोड रुपैयाँको हुने र दोस्रो र तेस्रोमा क्रमश २ अर्ब ५९ करोड र २ अर्ब ९१ करोड पुग्ने प्रक्षेपण गरेको छ ।

यो वर्षको आषाढ मसान्त सम्ममा १ अर्ब ४१ करोड रुपैयाँ कुल प्रिमियम उठाउन सफल कम्पनीले आगामी तीन आथिर्क वर्षमा यो रकम बढाएर क्रमशः २ अर्ब ३६ करोड, ३ अर्ब ६० करोड र ५ अर्ब १९ करोड रुपैयाँ पुर्याउने अनुमान लगाएको छ ।

आषाढ मसान्तसम्ममा ६ करोड १६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको कम्पनीले आगामी तीन वर्षमा यो रकम क्रमश ८ करोड २८ लाख, १३ करोड २० लाख र १९ करोड ५४ लाख पुग्ने अनुमान लगाएको छ ।

त्यस्तै गत आषाढ मसान्तसम्म ४ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल कम्पनीले आगामी तीन वर्षमा मुनाफा क्रमश १० करोड ८१ लाख, १९ करोड २२ लाख र ३१ करोड ५६ लाख पुर्याउने लक्ष्य लिएको छ ।

गत आषाढ मसान्तसम्म कम्पनीको प्रति सेयर नेटवर्थ १०५.९६ रुपैया थियो । कम्पनीले अबको तीनवर्ष भित्र यसलाई ११४, १२३.३५ रुपैया हुँदै १३८.७० पुर्याउने प्रक्षेपण गरेको छ ।

त्यस्तै २.५५ प्रतिशत रहेको नेटवर्थ प्रतिफललाई बढाउदै क्रमश ४.५२, ७.४२ र १०.८४ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।

कम्पनीले २.८९ रुपैयाँ रहेको प्रति सेयर आम्दानी पनि बढ्दै क्रमश ५.१५, ९.१५ र १५.०३ रुपैयाँ पुग्ने अनुमान लगाएको छ ।

यसैगरी कम्पनीले कुल बीमा शुल्क वृद्धिदर क्रमश ६८, ५२ र ४४ प्रतिशत हुने अनुमान लगाएको छ ।

कम्पनीले लगानीमा अनुमानित वृद्धिदर क्रमश ६९, ५५ र ५७ प्रतिशत रहने जनाएको छ । कम्पनीले लगानी अनुमानित प्रतिफल भने क्रमश ८.८८, ९.४५ र ९.४६ प्रतिशत रहने उल्लेख गरेको छ ।  

यस्तैे खुद नाफा वृद्धिदर क्रमश १६२, ७८ र ६४ प्रतिशत रहने प्रक्षेपण गरेको कम्पनीले जीवन बीमा कोषको वृद्धिदर भने क्रमश ११३, ९२ र ७४ प्रतिशत रहने अनुमान लगाएको छ । 


Share this with your friends: