आईएमई लाइफको बीमाशुल्क आर्जनमा उछाल, जीवन बीमा कोषको आकार १०४.१६ %ले बढ्यो

2021-02-02
आईएमई लाइफको बीमाशुल्क आर्जनमा उछाल, जीवन बीमा कोषको आकार १०४.१६ %ले बढ्यो

काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको अन्त्यसम्ममा १ अर्ब २० करोड ७९ लाख ६५ हजार ५७५ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ९८.५१ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ६० करोड ८५ लाख ५ हजार ४४२ रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ११ करोड १० लाख ४४ हजार ५२१ रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोहि अवधिको तुलनामा १११.०८ प्रतिशतले बढि हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम ५ करोड २६ लाख ५ हजार ५६१ रुपैयाँमा सीमित थियो। 
त्यस्तै समीक्षा अवधिमा कम्पनीले २० करोड ९० लाख ३८ हजार ०८७ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले १ करोड १० लाख ८६ लाख ६९ हजार ६१२ रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको खुद मुनाफा वृद्धि भएको छ। दोस्रो त्रैमासको अन्त्यसम्म् कम्पनी ७ करोड ४० लाख ५१ हजार १२६ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.९७ प्रतिशतले बढि हो। 

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च ७२.४५ प्रतिशतले बढेको छ । कम्पनीको व्यवस्थापन खर्च २६ करोड ५ लाख १८ हजार ०४० रुपैयाँ रहेको छ। 

यसैगरी समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर २ अर्ब ९ करोड ८३ लाख २४ हजार १४१ रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनीको जीवन बीमा कोषको आकार १ अर्ब २ करोड ७७ लाख ६४ हजार ३११ रुपैयाँमा सीमित थियो। यसरी एक वर्षको अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार १०४.१६ प्रतिशतले बढाउन सफल भएको छ। 

अघिल्लो वर्षको दोस्रो त्रैमासमा २४ करोड ९० लाख ८ हजार ३०९ रुपैयाँमा सीमित रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ४२ करोड करोड ७० लाख ३५ हजार ४६७ रुपैयाँ पुगेको छ। 

कम्पनीले समीक्षा अवधिसम्म १ लाख ३२ हजार ३०२ बीमालेख जारी गरेको छ। 

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १०.५८ रुपैयाँ प्रति सेयर नेटवर्थ १३३.८९ र प्रति सेयर सम्पत्ति मूल्य २८३.७७ रुपैयाँ रहेको छ । 

 


Share this with your friends: