आईपीओ जारी गर्ने निर्णयसँगै सिटिजन लाइफको वार्षिक साधारण सभा सम्पन्न

2021-02-16
आईपीओ जारी गर्ने निर्णयसँगै सिटिजन लाइफको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको तेस्रो वार्षिक साधारण सभा हिजो(फागुन ०३ गते) काठमाण्डौ नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो । कम्पनीको गत पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको थियो। 

सभामा आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिनुका साथै अध्यक्षद्वारा प्रस्तुत हुने आ।व २०७५/७६ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिएको छ। यसका साथै लोखापरीक्षकको प्रतिवेदन सहितको आ।व २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय विवरण तथा नगद प्रवाह विवरण छलफल गरी पारित गरिनुका साथै आ.व २०७६/७७ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिएको छ। 

सभामा रु. ७५ करोड रुपैयाँ बरारबरको आईपीओ जारी गर्ने विशेष प्रस्ताव समेत पारित भएको छ । 

कम्पनीले अधिकृत पूँजी  रु. ३ अर्ब र जारी पुंजी रु.२.५० अर्बमध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु,१.७५ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीले  रु.७५ करोडको सर्वसाधारणका लागि शेयर जारी गरी चुक्तापूँजी रु,२.५० अर्ब पुर्याउने जनाएको छ । 

कम्पनीलाई यसअघि इक्रा नेपाल लिमिटेडले इक्रा एनपी इस्यूअर रेटिङ ट्रीपल बी माइनस रेटिङ प्रदान गरेको थियो ।

कम्पनीले प्राप्त गरेको इक्रा एनपी इस्यूअर रेटिङ ट्रीपल बी माइनस रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यसको मतलब कम्पनीको मध्यम क्रेडिट जोखिम रहेको हुन्छ । 

 


Share this with your friends: