इक्रा नेपालद्वारा युनियन लाइफलाई ‘इक्रा–आईआर’ बीबीबी रेटिङ प्रदान

2021-05-21
इक्रा नेपालद्वारा  युनियन लाइफलाई ‘इक्रा–आईआर’ बीबीबी रेटिङ प्रदान

काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई (इक्रा–आईआर) बीबीबी निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। 

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयतासम्बन्धी रायमात्र हो र यो कुनै खास ऋणपत्रविशेषको राय नभएको इक्रा नेपालले जनाएको छ। 

युनियन लाइफले सन् २०२१ मध्य अप्रिलसम्म देशभर २०२ वटा शाखा विस्तार गरेको र आफ्नो एजेन्सी च्यानलहरु पनि बलियो बनाएका कारण अन्य नयाँ जीवन बीमा कम्पनीहरुको तुलनामा आफुलाई सबल रुपमा उभ्याएको इक्रा नेपाले जनाएको छ । यसका साथै कम्पनीको व्यवसायमा देखिएको निरन्तरको वृद्धि र कम्पनीमा रहेका बलिया प्रमोटर गुप्र र वरिष्ठ व्यवस्थापक समूहका कारण भविष्यमा पनि कम्पनीले आफ्नो व्यवसायको वृद्धिलाई निरन्तरता दिने रिपार्टमा उल्लेख गरिएको छ । नेपाली बीमा बजारमा देखिएको न्यून पेनीट्रेसनले गर्दा यूनियन लाइफ जस्ता नयाँ कम्पनीहरुलाई वृद्धि हुने मौका मिल्ने इक्रा नेपालले जनाएको छ । 

रेटिङ गर्दा कम्पनीको राम्रो प्रतिफलका साथ लगानी पोर्टफोलियको गुणस्तर, कम्पनीको पुनर्बीमा व्यवस्था र कम्पनीको सोल्भेन्सी कायम गर्न सक्ने क्षमतालाई मध्यजनर गर्दै यो रेटिङ प्रदान गरिएको र कम्पनीले आफ्ना सुरुवाती वर्षहरुमा समेत व्यवस्थापन खर्चलाई निकायम निकायले तोकेको सीमाभित्र राख्न सफल भएको र यसका कारण कम्पनीले आफ्नो मुनाफालाई सकारात्मक राख्न मदत पुुगेको इक्राले जनाएको छ । 

यद्यपी १९ वटा जीवन बीमा कम्पनीहरुबिच बढ्दो प्रतिष्पर्धामा कम्पनीको व्यवस्थापन समूहले दिगो वृद्धिलाई कसरी हासिल गर्छ हेर्न बाँकी रहेको नेपाली बीमा क्षेत्रको खण्डित प्रकृतिलाई मध्यजनर गर्दै रेटिङ प्रदान गरेको इक्राको रिपार्टमा उल्लेख छ । 

कोरोना महामारीका कारण बीमा व्यवसायमा आउन सक्ने कमी र समग्र बीमा उद्योगको दाबीमा पर्न सक्ने दबाबले सोल्भेन्सीमा प्रभाव वार्न सक्ने भएकाले यो विषय रेटिङको मुख्य चुनौतिको रुपमा रहेको छ । 

कम्पनीका देशभर रहेका ५० हजार अभिकर्ता र जगदम्बा र गोल्छा समूह जस्ता देशका प्रतिष्ठित व्यवसायिक घराना र व्यक्तिहरुद्वारा प्रवद्र्धित भएका कारण कम्पनीको रेटिङमका सकारात्मक प्रभाव परेको इक्राले जनाएको छ । 

कम्पनीका बारेमा

यूनियन लाइफ आजभन्दा चार वर्षअघि अर्थात २०१७ मा स्थापना भएको जीवन बीमा कम्पनीहो । यसको केन्द्रिय कार्यालय काठमाण्डौ बानेश्वरमा रहेको छ । यो कम्पनीमा जगदम्का गुप्र, गोल्छा गुप्र, गडिया गुप्र, न्यौपाने गुप्र, राजेश हाईवेयर गुप्र र तिव्रेवाला गुप्रको लगानी रहेको छ । कम्पनीको मुख्य सेयरहोल्डरमा शेखर गोल्छा(१९.९ प्रतिशत), सहिल अग्रवाल(१९.९ प्रतिशत), सुलभ अग्रवाल(१८ प्रतिशत), सन्दीप कुमार अग्रवाल(६.६ प्रतिशत), राहुल कुमार अग्रवाल(६.६ प्रतिशत) र शरद कुमार तिव्रेवाला(६.६ प्रतिशत) रहेका छन् । 

यूनियन लाइफ नेपाली जीवन बीमा उद्योगमा नयाँ कम्पनी हो । देशभर कम्पनीको २०२ शाखा कार्यालय, ५०७०० एजेन्ट र ४५ वटा कर्पोरेट एजेन्टहरु रहेका छन् । 

कम्पनीले जारी पूँजीको  ३० प्रतिशतले हुने साधारण शेयर चाँडै नै सर्वसाधारण समक्ष निश्कासन गर्ने तयारी कम्पनीले गरिहेको छ । कम्पनीको हाल चुक्तापूँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । आईपीओ निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब १५ करोड रुपैयाँ पुुग्नेछ । यस्तै आईपीओ निष्कासपश्चात कम्पनीको संस्थापक–सर्वसाधारण सेयर स्वामित्व ७०ः३० कायम हुनेछ ।  


Share this with your friends: