एक विकास बैंक र दुई लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-03-22
एक विकास बैंक र दुई लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज एक विकास बैंक र दुई लघुवित्तको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज सांग्रिला विकास बैंक, महुली सामुदायिक लघुवित्त र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको हो। 

सांग्रिला डेभलपमेन्ट बैंक र महुली लघुवित्तले भोलि(चैत १० गते) र डिप्रोक्स लघुवित्तले भोलिदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै संस्थाहरुद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। 

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षका लागि ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांस गरी कुल ५.२६३२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी चैत २३ गते आयोजना हुने बैंकको १६ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ। 

यस्तै महुली सामुदायिक लघुवित्तले गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस गरी कुल २१.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी चैत २५ गते आयोजना हुने ८ औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ। 

यसैगरी डिप्रोक्स लघुवित्तले पनि गत आपर्थक वर्षका लागि १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी चैत २० गते आयोजना हुने १९ औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ। 

 


Share this with your friends: