एनआईसी एशिया लघुवित्तको संस्थापक सेयर बिक्रीमा

2022-04-11
एनआईसी एशिया लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।

संस्थाले संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त सेयरमा संस्थापक शेयरधनीले मात्र मात्र खरीद आवेदन दिन सक्ने जनाएको छ । सेयरको प्रतिकित्ता मूल्य र सेयर संख्या भने उल्लेख गरिएको छैन । 

सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी कम्पनीको कर्पोरेट कार्यालय बनेपा काभ्रेमा आवेदन दिनुपर्नेछ । 

निर्धारति समयभित्र सेयर खरीदका लागि कुनै प्रस्ताव नआएमा प्रचलित कानून र नियम अनुसार गैर संस्थापकलाई उक्त संस्थापक सेयर बिक्री प्रक्रिया अगाडी बढाइने संस्थाले जनाएको छ । 


Share this with your friends: