एनसीसी बैंकको २६.६३ लाख कित्ता संस्थापक सेयर लिलामीमा

2022-04-07
एनसीसी बैंकको २६.६३ लाख कित्ता संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले २६ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ । 

बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको बैंकको २६ लाख ६३ हजार ६६ कित्ता सेयर लिलामीमा राखेको हो। 

बैंकले नेपाल सेक्युरिटिज एन्ड इन्भेस्टमेन्टको नाममा रहेको १९ लाख २२ हजार २७० कित्ता, निश्चल प्रधानको नाममा रहेको ७ लाख ११ हजार ८६६ कित्ता, लक्ष्मी ढकालको नाममा रहेको १५ हजार ८७० कित्ता, अर्जुन महर्जनको नाममा रहेको ७ हजार ६२६ कित्ता, श्रवणकुमार अग्रवालको नाममा रहेको ४ हजार कित्ता र विनिता बज्राचार्यको नाममा रहेको १ हजार ४३४ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । 

लिलामी सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनाीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको काठमाण्डौको बागबजारस्थित कार्यालयको सेयर विभागमा सेयर खरिदका लागि लिखित निवेदन पेस गर्नुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिद गर्न कुनै प्रस्ताव नआएको अवस्थामा अन्य खरिदकर्ताहरुका सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ। 


Share this with your friends: