एनसीसी बैंकको १४.२५ लाख कित्ता संस्थापक सेयर लिलामीमा

2022-04-12
एनसीसी बैंकको १४.२५ लाख कित्ता संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले १४ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ । 

बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको बैंकको १४ लाख २५ हजार ६६८ कित्ता सेयर लिलामीमा राखेको हो। 

बैंकले लक्ष्मी बहादुर श्रेष्ठको नाममा रहेको ३ लाख कित्ता,जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजको ११ लाख १० हजार ४१७ र भुपेन्द्र राज गिरीको नाममा रहेको १५ हजार २५१ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । 

लिलामी सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनाीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको काठमाण्डौको बागबजारस्थित कार्यालयको सेयर विभागमा सेयर खरिदका लागि लिखित निवेदन पेस गर्नुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिद गर्न कुनै प्रस्ताव नआएको अवस्थामा अन्य खरिदकर्ताहरुका सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ। 


Share this with your friends: