एनसीसी बैंकको संस्थापक सेयर लिलामीमा

2022-06-01
एनसीसी बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले १ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ । 

बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको बैंकको १ लाख ९२ हजार ६२६ कित्ता सेयर लिलामीमा राखेको हो। 

बैंकले  सुनिता नेवटियाको नाममा रहेको ५ हजार ०५४ कित्ता,अनिता श्रेष्ठको नाममा रहेको ७ हजार ६२६ कित्ता,बोध प्रसाद त्रिपाठीको नाममा रहेको ५४ हजार कित्ता,श्याम बहादुर महर्जनको नाममा रहेको १५ हजार २५१ कित्ता,ठगेन्द्र लक्ष्मी केसीको नाममा रहेको ७ हजार ६२६ कित्ता र मानांक इन्भेष्टमेन्ट प्रालिको नाममा रहेको १ लाख ३ हजार ०३९ कित्ता गरी केल १ लाख ९२ हजार ६२६ कित्ता सेयर लिलामीमा राखेको हो ।   

लिलामी सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनाीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको काठमाण्डौको बागबजारस्थित कार्यालयको सेयर विभागमा सेयर खरिदका लागि लिखित निवेदन पेस गर्नुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिद गर्न कुनै प्रस्ताव नआएको अवस्थामा अन्य खरिदकर्ताहरुका सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ। 


Share this with your friends: