एनसीसी बैंकको संस्थापक सेयर लिलामीमा

2022-06-07
एनसीसी बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमा राखेको छ । बैंकले आज(जेठ २४)गतेदेखि संस्थापक सेयरधनीहरु मध्येको ८ लाख ८० हजार कित्ता सेयर लिलामीमा राखेको हो । 

लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४१ रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरुले न्यूनतम १००० कित्ताका लागि आवेदन दिनुपर्ने भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

यो सेयरमा बैंकको विद्यमान संस्थापक तथा अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरुले असार ३ गतेसम्म बिक्री प्रबन्ध सनराइज क्यापिटलमा आईपुग्ने गरी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।  


Share this with your friends: