एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

2021-05-24
एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको २६औँ वाार्षिक साधारण सभा आज कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत सम्पन्न भएको हो। 

सभामा गत आर्थिक वर्षका लागि कम्पनीद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ।

यस्तै निर्जीवन बीमा व्यवसाय गर्ते उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा सञ्चाल ससमसतलाई दिइएको अधिकारलाई निरन्तरता दिने प्रस्ताव पारित गरिएको छ। सभामा आर्थिक वर्ष २०७६÷७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। यसैगरी आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षणको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०७७÷७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिएको छ ।


Share this with your friends: