एभरेष्ट इन्स्योरेन्सको बीमाशुल्क आर्जन ८.२३%ले वृद्धि, मुनाफामा सामान्य बढ्यो

2021-08-25
एभरेष्ट इन्स्योरेन्सको बीमाशुल्क आर्जन ८.२३%ले वृद्धि, मुनाफामा सामान्य बढ्यो

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म ४३ करोड ६१ लाख ७२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.२३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ४० करोड ३० हजार १३ हजार रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ५ करोड ९१ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोही अवधिको तुलनामा ०.९२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ५ करोड ८६ लाख २४ हजार रुपैयाँमा सीमित थियो।

त्यस्तै समीक्षा अवधिसम्म कम्पनीले २२ करोड ८३ लाख ४२ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम १८ करोड ४४ लाख ८७ हजार रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले २३.७७ प्रतिशत बढी खुद दाबी भुक्तानी गरेको छ। 

चौथो त्रैमासको अन्त्यसम्म कम्पनी २० करोड ३८ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ०.६१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले २० करोड २६ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीकोे व्यवस्थापन खर्च ३.२२ प्रतिशतले घटेको छ। कम्पनीको व्यवस्थापन खर्च १७ करोड २५ लाख २४ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको व्यवस्थापन खर्च १६ करोड ७१ लाख ४६ हजार रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार बढेर ४२ करोड ६७ लाख रुपैयाँ भएको छ। यो आकार अघिल्लो वर्ष ३२ करोड ४७ लाख ६५ हजार रुपैयाको थियोे। कम्पनीले जगेडा तथा कोषको आकार ३६.३२ प्रतिशतले बढाएर ३८ करोड ३३ लाख ७६ हजार रुपैयाँको पुर्याएको छ। 

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ७९ हजार ५०२ बीमालेख जारी गरेको कम्पनीले समीक्षा अवधिको वर्षसम्ममा १ लाख १ हजार ५०४ बीमालेख जारी गरेको छ ।  

यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी १७.२२ रुपैयाँ, पिई अनुपात  –४३.४८ गुणा, प्रतिसेयर नेटवर्थ १६८.४४ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२५.५१ रुपैयाँ रहेको छ। 


Share this with your friends: