काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले मर्जर प्रयोजनका लागि यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो। नेप्सेले वैशाख २३ गतेदेखि लागू हुने गरी यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।
एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सबीच वैशाख २२ गते मर्जरमा जाने सम्झौता भएको थियो।
हिमालयन जनरल र एभरेष्टबीच बिहीबार १ः१ सेयर स्वाप रेसियोमा मर्जर सम्झौता भएको छ।