एलआइसी नेपालद्वारा लाभांश प्रस्ताव, कति पाउने भए सेयरधनीले ?

2020-11-26
एलआइसी नेपालद्वारा लाभांश प्रस्ताव, कति पाउने भए सेयरधनीले ?

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल) लिमिटेड(एलआइसी)ले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको हिजो बुधबार(मंसिर १० गते) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजि रु. २ अर्ब १ करोड रुपैयाँको कुल १०.५२६३१५७९० प्रतिशत लाभांस प्रस्ताव गरेको हो। 

प्रस्तावित कुल लाभांसमध्ये १० प्रतिशत बोनस सेयर र ०. ५२६३१५७९० प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। यो लाभांस बीमा समितिको स्वीकृति र कम्पनीको आगामी १८ औँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण गरिनेछ।  

 


Share this with your friends: