एलआईसी नेपालको वार्षिक साधारण सभा भोलि, यस्ता छन् मुख्य अजेन्डा

2021-03-08
एलआईसी नेपालको वार्षिक साधारण सभा भोलि, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेड(एलआईसी)को वार्षिक साधारण सभा भोलि(फागुन २५ गते) आयोजना हुँदैछ । एलआईसी शिक्षालय हलमा भोलि कम्पनीको १८ औँ वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो ।  

उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यसका साथै कम्पनीको हालको अधिकृत पूँजी,जारी पूँजी तथा चुक्ता पूँजी शीर्षकहरु प्रत्येकमा रहेको रु.२ अर्ब १ करोड लाई वृद्धि गरी रु.२ अर्ब २१ करोड १० लाख कायम गर्ने प्रस्ताव पारित गरिनुका साथै पूँजी वृद्धि गर्ने सम्बन्धमा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संसोधन गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ।व २०७५/७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७५र७६ को वासलात,आय व्यय हिसाब र सोहि अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका  साथै आ.व २०७६/७७ का लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। ण सभा र लाभांस वितरण प्रयोजनका लागि कम्पनीले फागुन ७ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: