एलआईसीले देशका मुख्य सहरसहित ७६ स्थानमा जीवन बीमा अभिकर्ता आधाभुत तालिम सञ्चालन गर्ने

2022-02-04
एलआईसीले देशका मुख्य सहरसहित ७६ स्थानमा  जीवन बीमा अभिकर्ता आधाभुत तालिम सञ्चालन गर्ने

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कपोरेशन लिमिटेड(एलआईसी नेपाल) ले जीवन बीमा अभिकर्ताको आधारभुत्त तालिम संचालन गर्ने भएको छ । कम्पनीले बीमकले संचालन गर्ने बीमा अभिकर्ता तालिम निर्देशिका बमोजिम बीमले २०७८ फागुन चैतमा तालिममा उल्लेख भए बमोजिम जीवन बीमा अभिकर्ता आधाभुत तालिम सञ्चालन गर्ने लागेको जनाएको छ । 

कम्पनीले देशका मुख्य सहरसहित विभिन्न ७६ स्थानमा तालिम संचालन गर्ने लागेको हो । यो तालिम फागुन १३ गतेदेखि चैत २१ गतेसम्म विभिन्न चरणमा सञ्चालन गरिनेछ । 

यो तालिममा सहभागी हुन इच्छुक योग्य व्यक्तिले लाइसेन्स शुल्क स्वरुप ५ सय रुपैयाँ तिर्नुपर्नेछ । 


Share this with your friends: