एलआईसी नेपालद्वारा ३० शाखाका कर्मचारीलाई तालिम प्रदान

2021-04-12
एलआईसी नेपालद्वारा ३० शाखाका कर्मचारीलाई तालिम प्रदान

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडले ३० वटा शाखाका कर्मचारीलाई तालिम प्रदान गरेको छ । दक्षता अभिवृद्धि गरी सेवालाई चुस्त बनाउन कम्पनीले दुईदिने तालिम प्रदान गरेको हो । 

उक्त तालिममा कर्मचारीहरुलाई बीमालेख बिक्री तथा जोखिममाङ्कन, दाबी भुक्तानी, अफिस सञ्चालन, बजार व्यवस्थापन तथा सूचना प्रविधिको प्रयोगसम्बन्धी तालिम दिइएको थियो।

तालिम एलआईसी नेपालको शिक्षालय नक्सालमा चैत २६ र २७ गते तालिम व्यवस्थापक विनोद भुजेलको संयोजकत्वमा सम्पन्न भएको थियो । तालिम समापनमा कम्पनीका कार्यकारी अधिकृत  लक्ष्मीप्रसाद दासले यस्ता तालिम अबदेखि नियमित बनाई प्रत्येक शाखाका कर्मचारीको दक्षता वृद्धि गराउने बताएका थिए । 


Share this with your friends: