एलआईसी नेपाल २० औँ वर्षमा प्रवेश

2021-09-01
एलआईसी नेपाल २० औँ वर्षमा प्रवेश

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड(एलआईसी नेपाल) २० औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले सन् २००१ सेप्टेम्बर १ बाट नेपाली जीवन बीमा व्यवसायमा आफ्नो यात्राको थालनी गरेको थियो । 

कम्पनीले जीवन बीमा व्यवसाय गर्नका लागि बीमा समितिबाट सन् २००१ अगस्ट ७ मा अनुमति प्राप्त गरेको थियो । एलआईसी नेपाल कम्पनी ऐृन २०५३ बमोजिम सन् २००० डिसेम्बर २७ मा स्थापना भएको थियो । कम्पनीमा एलआईसी भारतको ५५ प्रतिशत, विशाल गुप्रको २५ प्रतिशत र आम सर्वसाधारणको २० प्रतिशत स्वामित्व रहेको छ । 

जीवन बीमा व्यवसायका माध्यमबाट देशको आर्थिक तथा सामाजिक विकासका लागि योगदान पुर्याउने मूख्य उदेश्य बाकेको कम्पनीले नेपाली जीवन बीमा क्षेत्रमा आफुलाई दरिलो रुपमा उभ्याउन सफल भएको छ । 

कम्पनीले आफ्नो २० औँ वार्षिकोत्सवका अवसरमा सम्पूर्ण बीमित, कर्मचारी, अभिकर्ता, सेयरधनी, एजेन्सी म्यानेजर र शभचिन्तकहरु धन्यबाद र कृतज्ञता ज्ञापन गरेको छ ।  


Share this with your friends: