एलआईसी नेपालले सार्वजनिक गर्यो नयाँ बोनसदर, कतिसम्म पाइन्छ ?

2021-11-22
एलआईसी नेपालले सार्वजनिक गर्यो नयाँ बोनसदर, कतिसम्म पाइन्छ ?

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले(एलआईसी) आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले यो अवधिका लागि प्रति हजार प्रति वर्षमा न्युनतम ४५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर कायम गरेको हो। 

कम्पनीले सावधिक,जीवन विद्या र जीवन साथी जीवन बीमालेख अन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि ५४ रुपैयाँ, १० देखि १४ वर्षका लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५६ रुपैयाँ, २० देखि २४ वर्षका लागि ६० र २५ देखि माथि अवधिका लागि ७० रुपैयाँ बोनस दर प्रदान गर्ने भएको छ। 

जीवन आनन्द बीमा योजना अन्तर्गत कम्पनीले ५ देखि ९ वर्ष अवधिका लागि ५५ रुपैयाँ, १० देखि १४ वर्षका लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५८ रुपैयाँ, २० देखि २४ वर्षका लागि ६२ रुपैयाँ र २५ देखि माथि अवधिका लागि ७० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । त्यस्तै बाल सावधिक बीमालेख अन्तर्गत १५ देखि १९ वर्ष अवधिका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ६०, २५ देखि २९ वर्षका लागि ६८ र ३० देखि माथि अवधिका लागि ७० रुपैयाँ निर्धारण गरिएको छ । 
कम्पनीले धन वृष्टि जीवन बीमालेख अन्तर्गत १० र १५ वर्षका लागि ५५ रुपैयाँ बोनस दर कायम गरेको छ। 

घोषित बोनसदर अनुसार कम्पनीले धनफिर्ता जीवन बीमालेख अन्तर्गत १५ वर्ष बीमा अवधिका लागि ५६ रुपैयाँ, २० वर्षका लागि ५७ रुपैयाँ र २५ वर्षका लागि ६० रुपैयाँ बोनसदर प्रदान गर्ने भएको छ। 

बाल ममता जीवन बीमालेख अन्तर्गत १५ वर्ष बीमा अवधिका लागि ५५ रुपैयाँ, १६ देखि २० वर्षका लागि ५७ रुपैयाँ र २१ देखि माथि वर्षका लागि ६० रुपैयाँ बोनस दर निर्धारण गरेको छ। 

यस्तै कम्पनीले जीवन तरंग बीमालेख अन्तर्गत १० वर्ष बीमा अवधिका लागि ५६ रुपैयाँ, १५ वर्षेका लागि ५८ रुपैयाँ र २० वर्षे अवधिका लागि ६७ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। 

कम्पनीले जीवन बचत बीमा योजना अन्तर्गत १० देखि १४ वर्ष अवधिको लागि ४८ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ र २५ देखि माथि वर्षका लागि ६६ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।  


Share this with your friends: