एलआईसी नेपालद्वारा लाभांस प्रस्ताव

2021-12-24
एलआईसी नेपालद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआइसी)ले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको पुस ८ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 
बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६३१५६९ प्रतिशत नगल लाभांस गरी कुल २१.०५२६३१५६९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । (यसका साथै वासलात मितिमा कायम रहेको चुक्तापूँजी २ अर्ब १ करोड रुपैयाँको आधारमा प्रस्तावित लाभांस २३.१५७८९४७२६ प्रतिशत हुने र सो मध्ये २२ प्रतिशत बोनस सेयर र १.१५७८९४७२६ प्रतिशत नगद लाभांस हुनेछ कम्पनीले जनाएको छ ।)

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: