एलआईसी नेपालको १९ औँ वार्षिक साधारण सभा सम्पन्न

2022-02-23
एलआईसी नेपालको १९ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड(एलआईसी नेपाल)को वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज(फागुन ११ गते)कम्पनीको १९ औँ वार्षिक साधारण सभा नक्सालमा रहेको एलआईसी शिक्षालय हलमा बिहान १०ः१५ बजे भिडियो कन्फ्रेन्समार्फत सम्पन्न भएको हो । उक्त बैठकमा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ । त्यस्तै संस्थापक सेयरधनीहरुको आफ्नो स्वामित्वमा रहेको कुल १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिवर्तन गर्ने र सोहि अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरिएको छ । 

उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७६/७७ को चौथो वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६र७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिएको छ। 


Share this with your friends: