एलआईसी नेपालले सार्वजनिक गर्यो उच्चतम बोनसदर, कतिसम्म पाइन्छ ?

2020-11-19
एलआईसी नेपालले सार्वजनिक गर्यो उच्चतम बोनसदर, कतिसम्म पाइन्छ ?

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल) लिमिटेडले(एलआईसी) आर्थिक वर्ष २०७५÷७६ का लागि बीमितलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले यो अवधिका लागि प्रति हजार प्रति वर्षमा न्युनतम ६६ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर कायम गरेको हो। 

कम्पनीले ५ देखि १५ वर्षे अवधिको सबै बीमा योजनामा ६६ रुपैयाँ बोनसदर पाइने जनाएको छ। 

कम्पनीले सावधिक तथा रुपान्तरित सावधिक जीवन बीमालेख अन्तर्गत २५ वा सोभन्दा माथि वर्षका लागि ८० रुपैयाँ, २० देखि २४ वर्षका लागि ७० रुपैयाँ र ५ देखि १९ वर्षका लागि ६६ रुपैयाँ बोनस दर प्रदान गर्ने भएको छ। 

कम्पनीले धन वृष्टि जीवन बीमालेख अन्तर्गत १० र १५ वर्षका लागि ६६ रुपैयाँ बोनस दर कायम गरेको छ। 

घोषित बोनसदर अनुसार कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत २५ वर्ष बीमा अवधिका लागि ६८ रुपैयाँ, २० वर्षका लागि ६७ रुपैयाँ र १५ वर्षका लागि ६६ रुपैयाँ बोनसदर प्रदान गर्ने भएको छ। 

अग्रिम भुक्तानी (बाल)सावधिक जीवन बीमालेख अन्तर्गत २१ वा सोभन्दा माथि वर्षको बीमा अवधिका लागि ६८ रुपैयाँ, १६ देखि २० वर्षका लागि ६७ रुपैयाँ र ० देखि १५ वर्षका लागि ६६ रुपैयाँ बोनस दर निर्धारण गरेको छ। 

यस्तै कम्पनीले आजीवन बीमालेख अन्तर्गत २० वर्ष बीमा अवधिका लागि ७७ रुपैयाँ, १५ वर्षेका लागि ६८ रुपैयाँ र १० वर्षे अवधिका लागि ६६ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। 

कम्पनीले जीवन आस्था योजना अन्तर्गत ५ वर्षे अवधिको लागि ८५ रुपैयाँ सुनिश्चित लाभ र ३ वर्षे अवधिका लागि ८० रुपैयाँ सुनिश्चित लाभको घोषणा गरेको छ। 

 


Share this with your friends: