एलआईसी नेपालले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-02-11
एलआईसी नेपालले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेड(एलआईसी)ले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको १०९ औँ सञ्चालक समितिको निर्णयअनुसार कम्पनीको १८ औँ वार्षिक साधारण सभा आउँदो फागुन २५ गते काठमाण्डौ नक्सालमा रहेको एलआईसी शिक्षालय हलमा सभा आयोजना गरिनेछ। 

उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यसका साथै कम्पनीको हालको अधिकृत पूँजी,जारी पूँजी तथा चुक्ता पूँजी शीर्षकहरु प्रत्येकमा रहेको रु.२ अर्ब १ करोड लाई वृद्धि गरी रु.२ अर्ब २१ करोड १० लाख कायम गर्ने प्रस्ताव पारित गरिनुका साथै पूँजी वृद्धि गर्ने सम्बन्धमा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संसोधन गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७५/७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७५/७६ को वासलात,आय व्यय हिसाब र सोहि अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका  साथै आ.व २०७६÷७७ का लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि कम्पनीले फागुन ७ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: