एलआईसी नेपालको मुनाफा ५०.५२%ले बढ्यो, बीमाशुल्क आर्जनमा पनि वृद्धि

2021-02-12
एलआईसी नेपालको मुनाफा ५०.५२%ले बढ्यो, बीमाशुल्क आर्जनमा पनि वृद्धि

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)एलआईसी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा ९ अर्ब ५६ करोड ५२ लाख ८१ हजार ७३४ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २४.९२ प्रतिशतले धेरै हो। गत आ।वको दोस्रो त्रैमाससम्ममा कम्पनीले ७ अर्ब ६५ करोड ६८ लाख ६२ हजार ६२४ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत २ अर्ब ६२ करोड ५० लाख २४ हजार ५०० रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा यो रकम २ अर्ब २० करोड २१ लाख ३० हजार ८४४ रुपैयाँमा सीमित थियो। 

त्यस्तै समीक्षा अवधिसम्ममा कम्पनीले ४ अर्ब ५२ करोड ४३ लाख १ हजार ७५४ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्ममा यो रकम १ अर्ब ८३ करोड ८६ लाख ७४ हजार ७७० रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले १४६.०६ प्रतिशत बढी दाबी भुक्तानी गरेको छ। 
 
आर्थिक वर्षमा कम्पनीले खुद नाफा बढाएको छ। दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनी ११ करोड ५६ लाख ६४ हजार ९६० रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ५०.५२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ७ करोड ६८ लाख ४१ हजार २०८ रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च २५.११ प्रतिशतले बढेको छ। कम्पनीको व्यवस्थापन खर्च ३८ करोड ५७ लाख ८० हजार ६०१ रुपैयाँ छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च ३० करोड ८३ लाख ४२ हजार ४३६ रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर ७४ अर्ब २४ करोड ४९ लाख ८ हजार ८१४ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा २१.५२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषको आकार ६१ अर्ब ९ करोड ७१ लाख ७७ हजार ९५१ रुपैयाँमा सीमित थियो। 

अघिल्लो वर्ष ४७ करोड ५३ लाख ८४ हजार ५७८ रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ६३ करोड ४० लाख २९३ रुपैयाँको उचाइमा पुगेको छ। 
त्यस्तै समीक्षा अवधिसम्म कम्पनीले ७ लाख ६ हजार ८७९ बीमालेख संख्या जारी गरेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ७ लाख ५१ हजार ५०३ बीमालेख जारी गरेको थियो। 

कम्पनीको प्रति सेयर आम्दानी ५.७५ रुपैयाँ, प्रति सेयर नेटवर्थ १४३.३ प्रति सेयर कुल सम्पत्तिको मूल्य ४०२७.८७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३८१.४४ गुणा रहेको छ । 

 


Share this with your friends: