एशियन लाइफद्वारा लाभांस वितरण नगर्ने निर्णय

2021-03-03
एशियन लाइफद्वारा लाभांस वितरण नगर्ने निर्णय

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरण नगर्ने घोषणा गरेको छ। कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांस वितरण नगर्ने निर्णय गरेको हो। 

बैठकले आ.व २०७५/७६ को नाफा नोक्सानबाट प्राप्त रकम संचित मुनाफा जगेडा कोषमा नै रहने र सो आर्थिक वर्षका लागि कुनै पनि लाभांस वितरण नगर्ने निर्णय गरेको कम्पनीले जनाएको छ। 

यस्तै बैठकले आ.व २०७५/७६ को वासलात, नाफा नोक्सन हिसाब र सो सँग संलग्न अनुसूचीहरु तथा आर्थिक वर्ष २०७५/७६ को एनएफआरएस बमोजिमको प्रतिवेदन बीमा समितिमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: