एशियन लाईफको ई क्यालेण्डर सार्वजनिक

2020-08-09
एशियन लाईफको ई क्यालेण्डर सार्वजनिक

काठमाण्डौ । हाल कोरोना भाइरस (कोभिड १९) को कारण विश्वव्यापीरुपमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यस रोगको संक्रमण फैलिन नदिनको लागि नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि ‘लक डाउन’ को घोषणा गरेको छ । यस परिवेशमा मुद्रित क्यालेण्डर वितरण सहज नभएको अवस्थालाई मध्यनजर गर्दै बीमित, अभिकर्ता, कर्मचारीको साथै सर्वसाधारणको सुविधाको लागी एशियन लाईफ इन्स्योरेन्स कं. लि. ले ई क्यालेण्डर सार्वजनिक गरेको छ । ई क्यालेण्डर कम्पनीको बेभसाइटको लिंक https://www.asianlife.com.np/calendar बाट डाउन लोड गर्न सकिनेछ ।

क्यालेण्डरमा मन्त्री परिषद्बाट स्वीकृत सार्वजनिक बिदाको साथै पञ्चाङ समितिबाट स्वीकृत गरिएको तिथि मिति लगायतको उपयोगी जानकारीहरु समावेश गरिएको छ । साथै कम्पनीको शाखा उपशाखाको सम्पर्क नम्बर समेत क्यालेण्डरमा रहेकोले यसबाट सम्बन्धित सबैलाई सहज हुने विश्वास लिएको बताएको छ ।

‘लक डाउन’ को अवधीमा बीमित, जीवन बीमा अभिकर्ता तथा सम्बन्धित सबैको सुविधाको लागी जीवन बीमा सेवा, बीमा शुल्क भुक्तानी तथा दाबीका लागि देहायको व्यवस्था गरिएको छ ।
१) हाल भुक्तानी गर्नु पर्ने किस्ता रकम भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुने र बैशाख मसान्तसम्म बीमाशुल्क भुक्तानीमा ब्याज नलाग्ने व्यवस्था गरिएको जानकारी गराउँदछौं । (श्री बीमा समितिको निर्देशन, मिति २०७६।१२।२०)
२) तिर्न बाँकी नियमित बीमा शुल्क ई सेवाको वेभसाइट वा एप्समार्फत् अनलाइन भुक्तानी गर्न सकिनेछ ।

३) नविकरण बीमाशुल्क बीमालेख नम्बर, बीमितको नाम, ठेगाना र मोबाइल नम्बर स्पष्ट रुपमा उल्लेख गरेर यस कम्पनीको एनआइसी एशिया बैंक लि. मा रहेको खाता नं.  2941 000 6875 24052, , ग्लोबल आइएमई बैंक लि.मा रहेको खाता नं.C 9080 10000 50 वा एभरेष्ट बैंक लि. रहेको खाता नं. 04400  1052 00039    मा अनलाइन ट्रान्सफर वा सम्बन्धित बैंकको शाखाबाट पनि जम्मा गर्न सकिनेछ । 

४) बीमालेख, बीमाशुल्क भुक्तानी, बीमा दाबी तथा अन्य आवश्यक जानकारीको लागी मोबाइल नम्बर 9801150012 / 9801150015  मा सम्पर्क गर्न सकिनेछ ।


Share this with your friends: