एसएलसी उत्तीर्णलाई शिखर इन्स्योरेन्सको अभिकर्ता बन्ने अवसर

2021-04-28
एसएलसी उत्तीर्णलाई शिखर इन्स्योरेन्सको अभिकर्ता बन्ने अवसर

काठमाडौं । निर्जीवन बीमा क्षेत्रकै अग्रणी शिखर इन्स्योरेन्स कम्पनी लिमीटेडले नयाँ अभिकर्ता बन्ने अवसर खुलाएको छ । 

कम्पनीले एक सूचना जारी गर्दै यही बैशाख २२ गतेदेखि २५ गतेसम्म ४ दिने अभिकर्ता तालिम संचालन हुने र त्यसका लागि आवेदन दिन भनेको छ । 

उक्त तालिमका लागि एसएलसी उत्तीर्ण नेपाली नागरिकले आवेदन दिनसक्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । 

शिखर इन्स्योरेन्सले हरेक वर्ष सर्वसाधारणका लागि यस्ता अवसरहरु प्रदान गर्दै आइरहेकोे छ। 

यसपटकका लागि खुलाइएको अभिकर्ताका लागि आवेदन दिने अन्तिम मिति बैशाख १७ गते साँझ ५ बजेसम्म रहेको छ । अभिकर्ता बन्न चाहानेले kripendra@shikharinsurance.com मार्फत अनलाइन आवेदन समेत दिनसक्ने कम्पनीले व्यवस्था मिलाएको छ । 

कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो जटिल अवस्थामा पनि अवसर प्रदान गर्ने हेतुले कम्पनीले प्रविधिको पहुँच भएका र अभिकर्ता बन्ने इच्छा हुनेहरुका लागि जुममार्फत अभिकर्ता तालिम दिन लागेको हो । यस्तो तालिम हरेक बिहान ७ बजेदेखि १० बजे र दिउँसो ११ बजेदेखि २ बजे गरी दुई सिफ्टमा संचालन गरिनेछ । यससम्बन्धी विस्तृत जानकारी कम्पनीको अफिसियल वेबसाइट www.shikharinsurance.com बाट पनि लिन सकिन्छ ।


Share this with your friends: