कोरोना संक्रमणबीच प्रभु लाइफ राम्रो व्यवसाय गर्न सफल

2020-11-13
कोरोना संक्रमणबीच प्रभु लाइफ राम्रो व्यवसाय गर्न सफल

काठमाण्डौ । कोरोना संक्रमणबीच प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड राम्रो व्यवसाय गर्न सफल भएको छ। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७ र ७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा २५ करोड ९७ लाख ९० हजार ९५३ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ९५.४० प्रतिशतले धेरै हो। अघिल्लो वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १३ करोड २९ लाख ५० हजार २३२ रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत २ करोड २२ लाख ५१ हजार ०७१ रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोहि अवधिको तुलनामा १०५.८२ प्रतिशतले बढि हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम १ करोड ८ लाख ११ हजार १२० रुपैयाँमा सीमित थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ६१ लाख ६८ हजार ७८३ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी ६३१.७६ प्रतिशतले धेरै हो। अघिल्लो वर्ष कम्पनीले ८ लाख ४३ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको खुद मुनाफा वृद्धि भएको छ। पहिलो त्रैमासको अन्त्यसम्म् कम्पनी ३ करोड ९ लाख २४ हजार ५९४ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५१.५३ प्रतिशतले बढि हो। 

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च २५.८७ प्रतिशतले बढेको छ । कम्प्नीको व्यवस्थापन खर्च ६ करोड ९५ लाख १३४रुपैयाँ रहेको छ। 

यसैगरी समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर १ अर्ब १९ करोड ४९ लाख ८५ हजार ३८९ रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीको जीवन बीमा कोषको आकार ४१ करोड ७२ लाख ६८ हजार २१२ रुपैयाँमा सीमित थियो। यसरी एक वर्षको अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार १८६.३८ प्रतिशतले बढाउन सफल भएको छ। 

अघिल्लो वर्षको पहिलो त्रैमासमा ११ करोड ९९ लाख ५८ हजार ४८९ रुपैयाँमा सीमित रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर २३ करोड ९१ लाख ७९ हजार ५६९ रुपैयाँ रहेको थियो। 

कम्पनीले समीक्षा अवधिसम्म १ लाख २० हजार ४६९ बीमालेख जारी गरेको छ। 

 


Share this with your friends: