गुराँस लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2020-11-04
गुराँस लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज(बुधबार) अन्तिम रहेको हो। 

गुराँस लाइफले वार्षिक साधारण सभा र लाभांस वितरणका लागि भोलि(कात्तिक २० गते) देखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ कात्तिक १९ अर्थात आज सम्म कायम सेयरधीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांसका लागि योग्य हुनेछन्। 

कम्पनीले आर्थिक वर्ष २०७४ र ७५ को मुनाफाबाट सेयरधनीहरुलाई ५.२५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। प्रस्तावित लाभांश कम्पनीले यही मंसिर ४ गते काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा आयोजना हुने दसौँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ। 

 


Share this with your friends: