गुराँस लाइफको सञ्चालक समितिको अध्यक्षमा दुगड चयन

2020-11-19
गुराँस लाइफको सञ्चालक समितिको अध्यक्षमा दुगड चयन

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा विवेक दुगड चयन भएका छन्। 

कम्पनीको आज(मंसिर ४ गते) सम्पन्न सञ्चालक समितिको बैठकले दुगडलाई सर्वसम्मतिबाट सञ्चालक समितिको अध्यक्ष चयन गरेको हो। 

यसका साथै आजै सम्पन्न कम्पनीको १० औँ वार्षिक साधारण सभाले ४ वर्षे कार्यकालका लागि संस्थापक शेयरधनीका तर्फबाट विवेक दुगड, सौरभ दुगड, अपछकुमार यादव९प्रतिनिधि, सनराइज बैंक०, शम्भुप्रसाद सुवेदी, विनयकुमार तोदी र सर्वसाधारण शेयरधनीको तर्फबाट विशाल तातेडलाई सञ्चालकमा निर्विरोध निर्वाचित छ। 


Share this with your friends: