गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

2021-04-26
गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा बोध लाल पुरी नियुक्त भएका छन्। कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले परिपालन विभाग प्रमुखको रुपमा कार्यरत कानुन अधिकृत पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। 

यसअघि कम्पनी सचिवको रुपमा कार्यरत बालमुकुन्द रुपाखेतीले व्यक्तिगत कारण देखाई राजिनामा दिएका थिए। उनको राजिनामा कम्पनीको वैशाख १२ गते नै बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो। 

 


Share this with your friends: