गुराँस लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनस निर्धारण, अधिकतम ८१ रुपैयाँसम्म प्रदान गरिने

2021-07-19
गुराँस लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनस निर्धारण, अधिकतम ८१ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यस अवधिका लागि बीमितलाई प्रतिवर्ष प्रति हजारमा न्यूूनतम २३ रुपैयाँदेखि अधिकतम ८१ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ । 
कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत १४ वर्ष अवधिका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४७ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४३ रुपैयाँ २० देखि २४ वर्षका लागि ६० रुपैयाँ र ५२ र २५ वा सोभन्दा माथिको बीमा अवधिका लागि ७७ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। 

कम्पनीले बालबालिका सावधिक जीवन बीमालेख अन्तर्गत १४ वर्षे बीमा अवधिका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४७ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५२ रुपैयाँ र २५ वा सो भन्दा माथिको बीमा अवधिका लागि ७७ रुपैयाँ कायम गरेको छ ।  

सावधिक तथा आजीवन बीमालेख अन्तर्गतका १४ वर्ष बीमा अवधिका लागि ४६ रुयैयाँ, १५ देखि १९ वर्षका लागि ५१ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५६ रुपैयाँ र २५ वा सोभन्दा माथिका लागि ८१ रुपैयाँ बोनस दर तोकेको छ ।  

यसैगरी कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेख अन्तर्गत १४ वर्षे बीमा अवधिका लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४६ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५१ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।  

गुराँस सुरक्षित भविष्य जीवन बीमालेख १४ वर्षे बीमा अवधिका लागि २३ रुपैयाँ, १५ देखि १९ वर्षका लागि २८ रुपैयाँ, २० देखि २४ वर्षका लागि ३४ रुपैयाँ र २५ वा सोभन्दा माथि अवधिका लागि ४० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।   

कम्पनीले आर्थिक वर्ष २०७५/२०७६ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिबाट असार २८ गते स्वीकृत भई कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरिएको जीवन बीमा लेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरिएको जनाएको छ । 


Share this with your friends: