काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । कम्पनीको १७ लाख कित्ता बढी सेयर सोधारण सेयरमा परिणत गरिएको हो । संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कम्पनीको १७ लाख ७८ हजार ०२६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।
यससँगै कम्पनीमा संस्थापक सेयरधनीको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीहरुको स्वामित्व ४९ प्रतिशत कायम भएको छ ।