गुराँस लाइफ इन्स्योरेन्स द्वारा २.२० अर्ब बिमाशुल्क आर्जन, मुनाफा कति ?

2020-08-16
गुराँस लाइफ इन्स्योरेन्स द्वारा २.२० अर्ब बिमाशुल्क आर्जन, मुनाफा कति ?

काठमाणडौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमास सम्ममा २ अर्ब २० करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.३५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ८९ करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ६५ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ। जुन रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २९.२८ प्रतिशत बढी हो। अघिल्लो वर्ष यो रकम ५० करोड ९४ लाख रुपैयाँ थियो। 


त्यस्तै समीक्षा अवधिमा कम्पनीले ५१ करोड ३३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ३४ करोड ३० लाख रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले ४९.६३ प्रतिशतले धेरै दाबी भुक्तानी गरेको छ। 

 

आर्थिक वर्षमा कम्पनीले खुद नाफा बढाएको छ। चौथो त्रैमासको अन्त्यसम्म कम्पनी ९ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा २४.२८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ७ करोड ६४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ। कम्पनीको व्यवस्थापन खर्च ३१ करोड ५५ लाख रुपैयाँ छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च २६ करोड ८६ लाख रुपैयाँ थियो। 
त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार बढेर ७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ३१.५६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको जीवन बिमा कोषको आकार ५ अर्ब ८२ करोड १३ लाख रुपैयाँमा सीमित थियो। 

अघिल्लो वर्ष २७ करोड ९३ लाख रुपैयाँमा सीमित कम्पनीको जगेडा तथा कोषको आकार बढेर ३७ करोड ६४ लाख रुपैयाँको उचाइमा पुगेको छ। 


त्यस्तै कम्पनीले १ लाख ६५ हजार २१९ बिमालेख संख्या जारी गरेको छ। अघिल्लो वर्ष कम्पनीले २ लाख ७ सय ६२ बिमालेख जारी गरेको थियो। 

कम्पनीको प्रति सेयर आम्दानी(इपिएस) १०.१२ रुपैयाँ, प्रति सेयर नेटवर्थ १४४.९५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४५.९४ र प्रति कुल सम्पत्तिको मूल्य ११०५.४९ रुपैयाँ रहेको छ। 


Share this with your friends: