गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज

2021-11-26
गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(मंसिर १० गते)आयोजना हुन गईरहेको छ । कम्पनीको ११ औँ वार्षिक साधारण सभा आज तीनकुने काठमाण्डौमा रहेको कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सका माध्यममार्फत आयोजना हुन गईरहेको हो । 
सभामा कम्पनीको सञ्चालक समितिका तर्फबाट प्रस्तावित ५.५० प्रतिशत बोनस सेयर र ०.२९ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि)वितरणको प्रस्ताव पारित गरिनेछ । 

यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र यसमा कुनै फेरबदल गर्न नियमनकारीबाट कुनै निर्देशन प्राप्त भएमा सोहि बमोजिम फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ। 

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।


Share this with your friends: