गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

2021-11-26
गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको ११ औँ वार्षिक साधारण सभा आज तीनकुने काठमाण्डौमा रहेको कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सका माध्यममार्फत  सम्पन्न भएको हो । 

सभामा कम्पनीको सञ्चालक समितिका तर्फबाट प्रस्तावित ५.५० प्रतिशत बोनस सेयर र ०.२९ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि)वितरणको प्रस्ताव पारित गरेको छ । 

यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र यसमा कुनै फेरबदल गर्न नियमनकारीबाट कुनै निर्देशन प्राप्त भएमा सोहि बमोजिम फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिएको छ। 

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिएको छ ।


Share this with your friends: