गुराँस लाइफद्वारा अनाथ बालबालिकालाई सहयोग

2022-01-11
गुराँस लाइफद्वारा अनाथ बालबालिकालाई सहयोग

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुढानिलकण्ठस्थित नवयुवा बाल सुधार समाजका अनाथ बालबालिकाहरूलाई न्यानो कपडा, झोला र स्टेशनरी वितरण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले सुधार समाजका अध्यक्ष शिवशंकर नेपालीमार्फत बालबालिकालाई सहयोग हस्तान्तरण गरेका थिए  । 

बुढानिलकण्ठ नगरपालिका वडा नं। ३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा कम्पनी कर्मचारी संघका अध्यक्ष सुसन नेपाल तथा कम्पनीका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । 

१९ वर्षदेखि सञ्चालनमा रहेको नव युवा बालसुधार समाजलाई सीएसआरको तर्फबाट सहयोग गर्न पाउँदा खुशी लागेको इन्स्योरेन्सका प्रमुखले बताए । समाजका अध्यक्षले समाज र राष्ट्रका कर्णधार बालबालिकालाई गरेको यो सहयोग सधैँ सम्झिने बताए  । 


Share this with your friends: