गुराँस लाइफ इन्स्योरेन्सद्वारा आवधिक तथा परिपक्व भएका बीमालेखको दाबी भुक्तानी लिन आग्रह

2022-02-22
गुराँस लाइफ इन्स्योरेन्सद्वारा आवधिक तथा परिपक्व भएका बीमालेखको दाबी भुक्तानी लिन आग्रह

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आवधिक तथा परिवक्व भएका बीमालेखको दाबी भुत्तानी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ । 

कम्पनीले एक सूचना जारी गर्दै कम्पनीबाट विभिन्न जीवन बीमा योजना अन्तर्र्गत बीमालेख लिएका तर बीमा योजना बमोजिमको आवधिक रकम तथा परिपक्व भुक्तानी लिन बाँकी बीमितहरुलाई आफ्नो बीमालेख अन्तर्गतको भुक्तानी लिनुपर्ने रकम लिनका लागि आग्रह गरेको हो । 

यसका लागि कम्पनीको केन्द्रिय,क्षेत्रिय शाखा तथा उप–शाखा कार्यालयहरुमा सम्पर्क गरी आवश्यक पर्ने कागजातहरु पेस गरी आफुले लिनुपर्ने रकम लिन सकिने कम्पनीले जनाएको छ ।  


Share this with your friends: