ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

2021-12-14
ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको नवौँ वार्षिक साधारण आज(मंसिर २८ गते)मंगलबारका दिन बिहान १० बजे पोखरामा रहेको बैंकको होटल पोखरा ग्रान्डीमा सभा आयोजना भएको हो । उक्त सभामा बैंकको सञ्चालक समितिको तर्फबाट प्रस्ताव गरिएको २८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरिएको छ । 

यस्तै संस्थाको प्रबन्धपत्रको प्रस्तावित संशोधनमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै फेरबदल गर्न सुझाब भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समिति वा पदाधिकारीहरुलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिएको छ । संस्थाले एक वा एकभन्दा धेरै उपयुक्त लघुवित्तहरु गाभ्ने/गाभिने तथा प्राप्ति प्रयोजनका लागि उपयुक्त लघुवित्त पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाइ पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिएको छ।  

सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिएको छ । 


Share this with your friends: