काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ)को जिम्मेवारी रामचन्द्र श्रेष्ठलाई दिइएको छ। कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।
श्रेष्ठ कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन्।