जनरल इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा राखिने

2022-03-07
जनरल इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा राखिने

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राख्ने भएको छ । बैंकले जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर आगामी फागुन ३० गतेदेखि लिलामीमा राख्न लागेको हो । 

यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक वा योग्य जो कोहि व्यक्ति तथा संगठित संस्थाहरुले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ । बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १० हजार कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । 


इच्छुक लगानीकर्ताहरुले चैत १४ गतेसम्म बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।


Share this with your friends: