जन्मदिनको अवसरमा छोराले दिए बुवालाई बीमा पोलिसी उपहार

2022-02-01
जन्मदिनको अवसरमा छोराले दिए बुवालाई बीमा पोलिसी उपहार

काठमाण्डौ । बीमाको महत्व बुझ्दै पछिल्लो समयमा जन्मदिन जस्ता अवसरमा आफना सन्तान वा प्रियजनहरुलाई बीमा पोलिसी उपहार दिने चलनले प्राथमिकता पाँउदै आएको देखिन्छ। आफ्ना सन्तान र प्रियजनहरुको भविष्य सुनिश्चित होस् भन्ने अभिःप्रायले नेपालमा जन्मोत्स,वैवाहिक वर्षगाँठ जस्ता विशेष अवसरहरुमा बीमा पोलिसी उपहार स्वरुप प्रदान गर्ने शुभकार्युमा वृद्धि भईरहेको छ ।

यसैक्रममा एक २० वर्षिय छोराले आफ्ना बुवालाई जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् । बुवालाई जन्मदिनमा बीमा पोलिसी उपहार दिने छोरा हुन् प्रकाश सापकोटा । सापकोटाले बुवा हिरालाल सापकोटालाई उपहार स्वरुप ५ लाख ६० हजार रुपैयाँबराबरको बीमा पोलिसी उपहार दिएका हुन् । 

प्रकाशले बुवा हिरालाललाई महालक्ष्मी लाइफको महालक्ष्मी सावधिकक आजिवन बीमा पोलिसी उपहार स्वरुप दिएका हुन् ।  बुबाको भविष्यमा आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै बीमा पोलिसी उपहार दिएको प्रकाशले बताए । 


Share this with your friends: