जानकी फाइनान्सको २१ हजार कित्ता बढी संस्थापक सेयर लिलामीमा

2022-06-10
जानकी फाइनान्सको २१ हजार कित्ता बढी संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले २१ हजार कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ । 

कम्पनीले मनोज कुमार सिंहको नाममा रहेको सेयरधनीका नाममा रहेको २१ हजार २६४ कित्ता सेयर लिलामीमा राखेको हो। 

यो लिलामी सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनाीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सचिव कार्यालयमा सेयर खरिदका लागि आवेदन पेस गर्नुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिद गर्न कुनै प्रस्ताव नआएको अवस्थामा अन्य खरिदकर्ताहरुका सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ। 


Share this with your friends: