नारायणी डेभलपमेन्ट बैंकको १.४५ लाख कित्ता सेयर लिलामीमा

2022-03-24
नारायणी डेभलपमेन्ट बैंकको १.४५ लाख कित्ता सेयर लिलामीमा

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ। बैंकले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म बिक्री खुल्ला गरी आवेदन नपरेको १ लाख ४५ हजार ६४९ कित्ता सेयर आज(चैत १० गते)देखि लिलामीमा राखेको हो । 

लिलामीमा राखिएको कुल कित्तामध्ये १ लाख ३१ हजार ९९८ कित्ता संस्थापक समूहतर्फको र १३ हजार ६५१ कित्ता सर्वसाधारण समूहतर्फ रहेका छन्। 

सेयरको न्यूनतम प्रति सेयरमूल्य १०० रुपैयाँ तोकिएको हुँदा लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालय र ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु विर्तामोड,विराटनगर, जनकपुर, वीरगंज,हेटौडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ, नेपालगंज, सुर्खेत दाङ, धनगढी र महेन्द्रनगरमा चैत १७ गते बैंकिङ समयभित्र बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। 


Share this with your friends: