निजी ल्याबको रिपोर्टबाट पनि कोरोना बीमाको भुक्तानी पाइने, एकल बीमा लेख खारेज

2020-09-14
निजी ल्याबको रिपोर्टबाट पनि कोरोना बीमाको भुक्तानी पाइने, एकल बीमा लेख खारेज

काठमाण्डौ । बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ तथा कोरोना बीमालेख सम्बन्धि साबिकको बीमालेख संसोधन गरेको छ । समितिले गत साउन २१ गते जारी गरेको कोरोना बीमा मापदण्ड तथा कोरोना बीमालेख संसोधन गरिएकाले विगतमा जारी कोरोना बीमालेखलाई अन्त्य गरी आज भदौ २९ गतेबाट लागु हुने गरी संसोधित मापदण्ड तथा बीमालेख बजोजिम काम कारवाहि गर्न निर्देशन दिएको छ । 

समितिले  कोरोना बीमा मापदण्ड तथा कोरोना बीमालेख संसोधन गर्दे अब उपरान्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड १९ परीक्षण गर्न सुचिकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाहरुबाट प्राप्त रिपोर्टलाई मान्यता दिदै कोरोना बीमा दावी भुक्तानी पाइने व्यवस्था गरेको छ । 

यसअघि सरकारी प्रयोगशालाबाट प्राप्त रिपोर्टका आधारमा मात्रै कोरोना दावी भुक्तानी गरिने व्यवस्था थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी प्रयोगशालाहरुलाई समेत कोरोना परीक्षण गर्न सुचिकृत गरेकाले निजी प्रगोगशालाको रिपोर्टका आधारमा समेत कोरोना दावी भुक्तानी दिइनुपर्ने भन्दै चर्काे विरोध भएको थियो । त्यहि विरोधलाई सम्बोधन गर्दे बीमा समितिले निजी प्रयोगशालाहरु बाट प्राप्त रिर्पाटका आधारमा समेत कोरोना दाबी गर्न पाइने व्यवस्था गरेको हो । 

यस्तै बीमा समितिले नयाँ व्यवस्था अन्र्तगत जनसंख्या मन्त्रालयबाट कोरोना परीक्षण गर्न स्वीकृती पाएका अस्पताल वा प्रयोगशालामा कार्यरत कर्मचारीहरुको बीमा दाबीका लागि काम गर्ने अस्पताल वा प्रयोगशाला वा एकै समूहको लगानी रहेको अस्पताल वा प्रयोगशाला बाहेक अन्य स्वीकृत प्राप्त अस्पताल वा प्रयोगशालाबाट पि सी आर परीक्षण गर्नुपर्ने जनाएको छ । 

यसैगरी कोरोना बीमालेख बापतको  दाबी भुक्तानीको लागि लघु बीमा पुल व्यवस्थापनका लागि तोकिएको बीमक मार्फत एकै स्थानमार्फत भुक्तानी पाइने व्यवस्था गरिएको छ । दाबी भुक्तानीमा बीमकलाई शंका लागे बीमकले आफ्नै खर्चमा स्वीकृत प्राप्त अस्पताल वा प्रयोगशालाबाट पि सि आर परीक्षण गर्नु पर्ने छ । 

 


Share this with your friends: